दोस्राे वार्षिक उत्सवका अवसरमा एनआईसी एसिया क्यापिटलले ल्यायाे विशेष छुट

 फागुन २२, २०७५ बुधबार १३:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनआईसी एसिया क्यापिटलले आफ्नो दोस्राे वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ । 

यस सुविधा अन्तर्गत एनआईसी एसियाको डिम्याट खातामा फागुन २२ गतेदेखि चैत ६ गतेसम्मका लागि पूर्ण रुपमा नि:शुल्क गरिएको छ । 

यस्तै एक महिनाका लागि फागुन २२ गतेबाट चैत्र २२ सम्म लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।  

एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवामार्फत लगानीकर्ताहरुलाई पूँजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।

डिम्याट खातासँगै एनआईसी एसिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा बिक्रीप्र बन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया