नेपालका लागि सहायता परियोजनाबारे तिब्बतसँग छलफल
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।
प्रधानमन्त्री ओली बिहान १० बजे अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । नियमित जाँचका लागि पुगेका प्रधानमन्त्री ओलीको थप परिक्षण गर्नुपर्ने देखिएकाले अहिले निगरानीमा राखिएको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरले जनाएको छ ।
प्रधानमन्त्री ओलीको परीक्षण प्राध्यापक अरुण सायमीको नेतृत्वमा भइरहेको र उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सेण्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भए पनि समय नमिल्दा त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्य जाँच गर्न पुग्नुभएको अधिकारीले जानकारी दिनुभयो ।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओलीलाई समय–समयमा नियमित रुपमा चेक गराइरहनुपर्छ । अस्पतालको कार्डियोलोजी विभागमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको रगत परीक्षणका साथै एक्सरे तथा फुल बडी चेकअप गरिने छ ।