ह्यारी केनकाे ह्याट्रिक, इंग्ल्याण्ड ६-० ले अगाडि

 असार १०, २०७५ आइतबार १९:१८:२३ | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको आइतबारको पहिलो खेलमा इंग्ल्याण्ड कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् । 

उनले पहिलो हाफमा पेनाल्टीमार्फत दुइ गोल गरेका थिए भने दोस्रो हाफमा खेलको ६२ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

चालु विश्वकपमा ह्याट्रिक गर्ने उनी दास्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका क्रिश्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
यो गोलसँगै इंग्ल्याण्ड खेलमा ६–० को स्थितिमा छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया