जिम्बाब्वेका पूर्व क्रिकेट डाइरेक्टर इनोक कोपीलाई आइसीसीले लगायाे १० वर्षे प्रतिबन्ध

 फागुन २२, २०७५ बुधबार १६:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बाब्वेका पूर्व क्रिकेट डाइरेक्टर इनोक कोपीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले १० वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

आइसीसीको एन्टी करप्सन प्यानलले कोपीलार्ई नियम उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको हो । कोपी जिम्बाब्वे क्रिकेट बोर्डको डाइरेक्टर हुँदा भ्रष्टाचारमा मुछिएको पुष्टि भएपछि कारबाही गरेको हो ।

उनले १० वर्षसम्म कुनै पनि क्रिकेट गतिविधिमा सहभागिता जनाउन पाउनेछैनन् । यस्तै हरारे मेट्रोपोलिटन क्रिकेट संघका मार्केटिङ डाइरेक्टर राजन नायरलाई २० वर्षको प्रतिबन्ध लगाइएको छ ।

कोपीले आइसीसीको तीन वटा नियम उल्लंघन गरेको आरोप लागेको छ । अनुसन्धानमा जिम्बाब्वेका कप्तान ग्रेमी केरमेरले सहयोग गरेको भन्दै उनलाई भने माफि दिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया