रेशम चाैधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसलाविरुद्ध राष्ट्रिय विद्रोह सुरु गर्छाैं : राजेन्द्र महताे

 फागुन २२, २०७५ बुधबार १६:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ । 

राजपा नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिनु भएको हो ।

पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यसविरुद्ध देशमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गर्नुभयो । ‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार  र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर देशमा राष्ट्रिय विद्रोह सुरु हुने’ नेता महतोको दाबी छ ।

नेता महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गर्नु भयो ।

टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो । त्यसप्रति नेता महतोको आपत्ति छ । नेता महतोले बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिनु भयो ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया