‘जर्मनीको बर्लिनमा चम्कियो नेपाल’

 फागुन २२, २०७५ बुधबार १६:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व पर्यटनको महाकुम्भ मानिने आइटीबी बर्लिन २०१९ सुरु भएको छ । 

पर्यटनको कुम्भ मेलामा नेपालका पनि २५ वटा ट्राभल कम्पनी र सेवा प्रदायकहरुले सहभागिता जनाएका छन् । 

नेपाल पर्यटन बोर्डको संयोजनामा राखिएका २५ वटा स्टलमा नेपालको धार्मिक, सांस्कृतिक र प्राकितिक सम्पदाहरुका विभिन्न सामग्री राखिएको छ । नेपाली स्टलको जर्मनीका लागि नेपाली राजदूत रमेश खनाल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गर्नुभयो । 

‘बर्लिनमा नेपाल चम्किएको छ, नेपालका स्टलमा विश्वभरका नागरिकले खुब चासो दिएर नेपालको बारेमा बुझिरहेका छन्’, बर्लिनमा रहेका  नेपाल पर्यटन बोर्डका अधिकृत सुधन सुवेदीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

मेलामा विश्वभरका  ठूला चेन होटल, ट्राभल कम्पनी, पर्यटन बोर्ड, एयरलाइन्सलगायतका कम्पनीको सहभागिता छ । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया