एनसीसी बैंकले बनायाे आरिफ शेख र रोहित पौडेललाई ब्रान्ड एम्बेस्डर

 फागुन २२, २०७५ बुधबार १७:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र रोहितकुमार पौडेललाई नेपाल क्रेडिट एण्ड कर्मस बैंक एनसीसीले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर बनाएको छ ।

काठमाण्डौमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा बैंकले रोहित र आरिफलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।दुवै खेलाडीलाई दुई वर्षसम्म बैकले मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिनुभयाे ।

कार्यक्रममा बैक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, प्रमुख कार्यकारी अधिकृत अर्याल, नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र ब्राण्ड एम्बेस्डर आरिफ र रोहितले बै‌ंकको लोगो अ‌ंकित टी सर्ट सार्वजनिक गरेका थिए ।

अबदेखि दुवै खेलाडीले बैंकको प्रमोशन कार्यक्रममा सहयोग गर्नुपर्नेछ । रोहितको यो पहिलो अनुबन्ध हो भने यस अघि आरिफलाई एनआईसी बैंकले दुई वर्षका लागि अनुबन्ध गरेको थियो ।

सञ्चालक समितिका अध्यक्ष न्यौपानेले नेपाली क्रिकेट टिमका उदीयमान खेलाडीद्वय आरिफ र रोहितलाई बैंकको ब्राण्ड एम्बेस्डरको रुपमा आवद्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयाे ।यसैगरी प्रमुख प्रशिक्षक जगत टमाटाले बै‌ंकको यो कार्यले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया