इंग्ल्याण्डकाे ६–१ काे जितसँगै इंग्ल्याण्ड र बेल्जियम नक अाउट चरणमा

 असार १०, २०७५ आइतबार २०:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा इंग्ल्याण्ड ६–१ ले विजयी हुँदै नक आउट चरणमा प्रवेश गरेको छ ।

कप्तान ह्यारी केनको ह्याट्रिक, जोन स्टोन्सको दुई गोल तथा जेस लिंगार्डको एक गोलको मदतले इंग्ल्याण्ड अघिल्लो चरणमा पुगेको हो ।

इंग्ल्याण्डले ट्युनिसिया र पानामालाई हराएर ६ अंकका साथ समूहको शिर्षस्थानमा रहँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

ट्युनिसिया र पानामालाई नै हराएको बेल्जियम पनि समान ६ अंक बटुल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । 

इंग्ल्याण्ड र बेल्जियमसँगको दुवै खेल हारेका ट्युनिसिया र पानामाको भने विश्वकप यात्रा टुंगिएको छ । ट्युनिसिया र पानामाको समान शून्य अंक छ ।

इंग्ल्याण्ड र बेल्जियमले एक अापसमा एउटा खेल खेल्न बाँकी छँदै नक आउट चरणमा प्रवेश गरेका हुन् । यीनीहरुबीचकाे खेल अाउँदाे जून २८ तारिखमा हुनेछ ।

पनामालाई पूरै दबाबमा राखेको इंग्ल्याण्डले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो ।

जसमध्ये कप्तान ह्यारी केनको २, जोस स्टोन्सको २ र लिंगार्डको एक गोल समावेश थियो ।

दोस्रो हाफका केनले एक गोल गर्दै ह्याट्रिक पूरा गरे भने खेलको ७८ औं मिनेटमा पनामाका फेलिपे बालोएले सान्त्वना गोल फर्काउँदै अंक तालिका ६–१ बनाए । 

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्याण्ड ६–१ ले विजयी हुँदै नक आउट चरणमा प्रवेश गर्न सफल भयो ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया