तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – खराब मौसमका कारण स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टनाको छानबिनमा ढिलाइ भएको छ ।
फागुन १५ गते दिउँसो भएको दुर्घटनाको छानबिन गर्न १५ गते बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
समितिले प्रारम्भिक काम मानिने केही कागजी काम गरे पनि मौसमको खराबीका कारण दुघर्टनास्थलमा जान नपाएकाले अनुसन्धानको काम गर्न सकेको छैन ।
‘हामीले केही प्रारम्भिक काम त गरेका छौँ, तर खराब मौसमका कारण घटनास्थल जान नसक्दा धेरै काम अघि बढ्न सकेको छैन’, छानबिन समितिका सदस्य तथा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले उज्यालो अनलाइनसँग भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रयास गर्दा पनि मौसमले साथ दिएको छैन, अनुसन्धानका लागि ताप्लेजुङका सिडिओ, सुरक्षा निकायसँग त सहकार्य भैरहेको छ ।’
मौसमले साथ दिनेबित्तिकै आफूहरु ताप्लेजुङ जाने सह–सचिव लामिछानेले जानकारी दिनुभयो । उहाँले दुघर्टनास्थल निकै विकट भएको र हाई अल्टिच्यूडको कारण झनै खतरा रहेको पनि बताउनुभयो ।
हेलिकप्टर पुरै जलेकाले अनुसन्धानमा चुनौती
मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुघर्टना निकै अप्ठेरो ठाउँमा रहेको छानबिन समितिका सदस्य बुद्धिसागर लामिछानले जानकारी दिनुभयो । त्यस्तै हेलिकप्टरको पुच्छरबाहेक अरु सबै भाग जलेर खरानी भएको देखिएकाले अनुसन्धानमा पनि कठिनाइ हुन सक्ने उहाँको भनाइ छ ।
‘घटनास्थल हेर्दादेखि काम लाग्ने कुरा बाँकी छ जस्तो देखिन्न, अगाडिको भाग पुरै सखाप छ, पुच्छर मात्रै देखिएको छ, पत्ता लगाउन धेरै मेहेनेत गर्नुपर्ने देखिन्छ’, लामिछानेले भन्नुभयो, ‘सानो चिप्स पनि भेटिने हो कि होइन भन्नेका शंका छ, त्यसैले विदेशबाट अनुसन्धान उपकरण र प्राविधिक ल्याउने अवस्था आउन पनि सक्छ ।’
फागुन १५ गते दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे, पाइलट प्रभाकर केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभोया, मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल र यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको ज्यान गएको थियो ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।