एकैदिन एक सय २० जना प्रहरीले गरे बन्जी जम्प

 फागुन २२, २०७५ बुधबार २१:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीका एक सय २० जनाले एकै दिन बन्जी जम्प गरेका छन् । प्रहरी सेवाको आधारभूत तालिम लिँदै गरेका ९० जना प्रहरी निरीक्षक र ३० जना प्रशिक्षक गरी एक सय  २० जनाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टबाट बन्जी गरेका हुन् ।

राष्ट्रसेवाको क्रममा उद्धारलगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकोले तालिम अन्तर्गत मंगलबार बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिनुभयो । ‘बन्जीले डरसँग लडेर अघि बढ्न सिकाउँछ, त्यसैले हामीले तालिममा बन्जी समावेश गरेका हौं’, उहाँले भन्नुभयो । 

पाँच प्रशिक्षक र ९ जना प्रशिक्षार्थी गरेर १४ जना महिला प्रहरीले पनि बन्जी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीहरुलाई जम्प गराउन पाउँदा आफ्नो कामप्रति अझ गर्व बढेको र प्रहरीको अनुशासन देखेर आफू प्रभावित भएको बन्जी मास्टर भोला श्रेष्ठले बताउनुभयो ।  

एउटा रिसोर्टले फेरिएका दुई गाउँ : दंग छन् गाउँले

न्यूजिलाण्डका नागरिक डेविड एलर्डाइस र भैरहवाका विष्णु न्यौपानेले सन १९९९ मा सहासिक खेल बन्जी जम्प नेपालमा सुरु गरेका हुन् । झण्डै २ दशक नेपालमा रिभर गाइड काम गरेका डेविड भोटेकोशी नदीमा र्याफ्टिङ सुरु गर्ने पहिलो व्यक्ति हुन् । डेविड र उनको साथी विलियम लिङ्कनलगायतको टोलीले सन १९९९ को नोबेम्बरमा बन्जी उद्घाटन गरेका थिए ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया