प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणपछि अस्पतालबाट बालुवाटार फिर्ता

 फागुन २२, २०७५ बिहिबार ५:१०:३१ | रासस

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि बुधबार साँझ निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराउनुभएको थियो । थप केही परीक्षणका लागि बुधबार दिउँसो प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा सायमीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया