प्रहरीको गोली लागेर कपिलवस्तुमा विप्लब नेतृत्व नेकपाका कार्यकर्ता घाइते

 फागुन २३, २०७५ बिहिबार १०:५८:४६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – प्रहरीको गोली लागेर कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीका दुर्गाबहादुर रोका घाइते हुनुभएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेका रोकाको घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा उहाँ घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिनुभयो । खुट्टामा गोली लागेका रोकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, एउटा चाइनिज पेस्तोल, तीनवटा म्यागजिन तथा विभिन्न कागजात बरामद गरेको पनि प्रहरी उपरिक्षक पुडासैनीले बताउनुभयो । प्रहरीले विप्लवका समेत गाउँ रहेको शिवगढीका झण्डै एक दर्जन घरमा खानतलासी गरेको छ । 

खानतलासीका क्रममा त्यहाँको अवस्था तनावपूर्ण भएको हो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया