५ वर्ष अघि ज्यान गुमाएका दुई नेपालीका परिवारलाई कतारमै बोलाएर दिइयो क्षतिपूर्ति

 फागुन २३, २०७५ बिहिबार १३:६:३० | उज्यालो सहकर्मी


काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका दुई जना नेपालीको परिवारले कतारमै पुगेर क्षतिपूर्ति लिएका छन् । 

सन् २०१४ मा कतारमा मृत्यु भएका धनुषाका शिरण कापर र म्याग्दीका पूर्णबहादुर सार्कीको परिवारले कतारमै पुगेर क्षतिपूर्ति लिएका हुन् । क्षतिपूर्तिका लागि कतारमा रहेको नेपाली दूतावासले पहल गरेपछि कतारको आन्तरिक मामिला मन्त्रालयले मृतकको परिवारका सदस्यलाई कतारमै बोलाएको थियो । 

क्षतिपूर्ति लिन शिरणको परिवारका तर्फबाट काकुल्तीदेवी कापर र पूर्णबहादुरको परिवारका तर्फबाट शान्ति सार्कीले कतारमै पुगेर क्षतिपूर्ति लिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । उहाँहरुले जनही २ लाख कतारी रियाल अर्थात झण्डै ६१ लाख ६० हजार रुपैयाँ पाउनुभएको दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया