रामेछाप नगरपालिकाकाे सेवा नयाँ भवनबाट आरम्भ

 फागुन २३, २०७५ बिहिबार १४:१९:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको रामेछाप नगरपालिका आफ्नै नवनिर्मित भवनमा सरेसँगै त्यस कार्यालयवाट सेवा आरम्भ गरेको छ ।  

नगरपालिका प्रमुख नरबहादुर थापामगरले रामेछापको तल्लो बजारमा १ करोड ९ लाख ९९ हजार ९ सय ४१ रुपैयाँमा निर्माण गरिएको सो भवनको उद्घाटन गर्नुभयो । 

भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख सिर्जना खड्का, पालिकाका सबै वडा अध्यक्षहरुको उपस्थितिमा रहेको हो । 

यसअघि नगरपालिका रामेछाप बजारको माथिल्लो बजारमा व्यक्तिको घरमा भाडा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो । 

कार्यालय भवन नहुँदा हुने सबै किसिमका सेवा सुविधा नागरिकहरुलाई प्रदान गर्न समस्या झेल्दै आएको नगरपालिकाले अबका दिनमा सहज ढंगले सेवा प्रवाह गर्न सहज भएको नगरपालिका प्रमुख थापामगरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया