रोल्पामा दुईवटा सकेट बम भेटिए

 फागुन २३, २०७५ बिहिबार १५:४२:४९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ ।

जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा प्रहरी पुगेको र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

मंगलवार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो । उक्त गाडी तोडफोड गर्ने समूहले नै बम राखेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।

बम फेला परेपछि जनप्रनिधि र स्थानीय त्रासमा रहेका छन् ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया