विप्लव नेतृत्वकाे नेकपाका सल्यान जिल्ला सदस्य पक्राउ

 फागुन २३, २०७५ बिहिबार १७:२२:२७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य मदन केसी बिहीबार पक्राउ परेका छन् । 

नेकपाले बिहीबार आह्वान गरेको राप्तीका ६ जिल्ला बन्दका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडकमा बन्द गर्दै हिँडेको अवस्थामा श्रीनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गिरीराज भण्डारीले बताउनुभयो । 

अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले भने सडकमा यात्रा गरिरहेको अवस्थामा केसी पक्राउ परेको बताउनुभयो  । उहाँले केसीको यथाशीघ्र रिहाइको माग समेत गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया