क्यामरुनको दाउफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा

 फागुन २३, २०७५ बिहिबार १८:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - क्यामरुनको दाउफिन्स फुटबल क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार झापाको डोमालाल राजवंशी रंगशालामा  नेपाली क्लब रुपन्देही ११ लाई २–० गोल अन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।

दाउफिन्सले रुपन्देहीलाई निराश बनाउने क्रममा पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । ४० औंँ मिनेटमा रुपन्देहीका खेलाडीले दाउफिन्सका मेस्सोउलिए ओलोमोलाई लडाएपछि पाएको पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको थियो । दाउफिन्सका लागि पेट्गाले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा रुपन्देहीले गोल फर्काउने मौका पाए पनि दाउफिन्सका खेलाडी बाधक बनेका थिए ।

८५ औंँ मिनेटमा दाउफिन्सका लागि मोस्सोउलिएले गोल गर्दै २–० को अवस्थमा पुर्‍याएका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः दाउफिन्स २–० को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । दाउफिन्सले सेमिफाइनलमा विभागीय क्लब त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया