यूईएफए युरोपा लिग : चेल्सीको सहज जित, रेनेससँग हार्‍याे आर्सनल

 फागुन २४, २०७५ शुक्रबार १०:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए युरोपा लिगको पहिलो लेगमा चेल्सीले डाइनामो किभलाई तीन शून्यले पराजित गरेको छ । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा पेद्रो, विलियन र हुडसोन ओडेइले एक–एक गोल गरे ।

घरेलु दर्शक माझ चेल्सीले १७ औं मिनेटमा पेद्रोको गोलमार्फत खेलमा अग्रता बनायो । उनले ओलिभर जिरुडको पासको सदुपयोग गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाउको चेल्सीले ६५ औं मिनेटमा दोस्रो गोल गर्‍याे । 

यसपटक उसका लागि विलियनले गोल गरे । त्यसपछि ९० औं मिनेटमा ओडोइले गोल गर्दै तीन शून्यको सहज जित दिलाए । चेल्सीले अब दोस्रो लेगको खेल डाइनामोको मैदानमा खेल्नेछ । यो जितले चेल्सीका प्रशिक्षक माउरीजीयो सारीलाई केही राहत भएको छ । 

यस्तै अर्को खेलमा आर्सनल भने रेनेससँग तीन एकले पराजित हुन पुग्यो । रेनेसको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको आर्सनलविरुद्ध एक गोलको अग्रता उल्टयाएको हो । 

खेलको तेस्रो मिनेटमा नै आर्सनलले एलेक्स वाबीको गोलमा अग्रता बनाएको थियो । तर ४२ औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेल बराबरीमा पुर्याए । ४१ औं मिनेटमा सोक्रासित दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीएपछि आर्सनल १० खेलाडीमा झर्न पुग्यो । 

त्यसमा पनि ६५ औं मिनेटमा मोनरियलले आत्मघाती गोल गरेपछि आर्सनल दुई एकले पछि पर्यो । एक खेलाडी कम भएको फाइदा उठाउदै रेनेसले ८८ औं मिनेटमा तेस्रो गोल थप्यो । यसपटक उसका लागि सारले गोल गरे । त्यसपछि आर्सनललाई खेलमा फर्कन मौका मिलेन र पराजित भयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया