भारतीय क्रिकेट खेलाडीकाे नयाँ वरीयता सार्वजनिक, विराट, राेहित र जसप्रीतले वार्षिक ७ कराेड कमाउँछन्

 फागुन २४, २०७५ शुक्रबार १२:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन् २०१९–२० का लागि नयाँ खेलाडीको वरियता सार्वजनिक गरेको छ । वरीयता अनुसार नै उसले आफ्ना खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको छ ।

नयाँ अनुबन्धन अनुसार ए प्लस श्रेणीमा जम्मा तीनजना खेलाडी रहेका छन् । भारतीय टिमका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह ए प्लस श्रेणीमा रहेका छन् । गएको वर्ष उक्त श्रेणीमा रहेका शिखर धवन र भुवनेश्वर कुमार भने ए प्लस श्रेणीबाट बाहिर गएका छन् । गएकाे वर्ष धवन र भुवनेश्वरको प्रदर्शन उत्कृष्ट नभएका कारण उनीहरुलाई ए प्लस श्रेणीमा राख्न नसकिएको बीसीसीआईले जनाएको छ ।

यस्तै युवा ब्याट्सम्यान तथा विकेट किपर ऋषभ पन्तलाई ए श्रेणी समावेश गरिएको छ । ऋषभले पछिल्लो समय टेस्ट तथा टी–२० र एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ए प्लस श्रेणीमा रहने भारतीय क्रिकेटरले वार्षिक ७ करोड रुपैयाँ प्राप्त गर्छन् । यसैगरी ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीका खेलाडीले ३ करोड र सी श्रेणीका खेलाडीले वार्षिक एक करोड रुपैयाँ पाउने छन् ।

बीसीसीआईले गरेको नयाँ अनुबन्ध

ए प्लस श्रेणीः कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह

ए श्रेणीः महेन्द्रसिंह धोनी, शिखर धवन, ऋषभ पन्त, भुवनेश्वर कुमार, रविन्चन्द्र आश्विन, रवीन्द्र जडेजा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, ईशान्त शर्मा, कुलदीप यादव, मोहम्मद शामी ।

बी श्रेणीः हार्दिक पाण्ड्या, केएल राहुल, उमेश यादव, युजबेन्द्र चहल । 

सी श्रेणीः केदार जाधव, दिनेश कार्तिक, अम्बाति रायडू, मनिष पाण्डे, हनुमा विहारी, खलिल अहमद र ऋद्धिमान साहा ।

यसैगरी महिला क्रिकेट टिमको पनि श्रेणी विभाजन गरिएको छ । जसमा महिला क्रिकेट टिममा मिताली राज, हरमनप्रीत कौर, स्मृति मन्दाना र पूनम यादवलाई ए श्रेणीमा राखिएको छ । 

उनीहरुले वार्षीक ५० लाख रुपैयाँ पाउने छन् । बी श्रेणीमा एकता विष्ट, झूलन गोस्वामी, शिखा पाण्डे, दीप्ती शर्मा, जेमिमाह रहेकी छिन् । बी श्रेणीका खेलाडीले ३० लाख प्राप्त गर्ने छन् ।

सी श्रेणीमा राधा यादव, हेमलता, अनुजा पाटिल, वी कृष्णामूर्ति, मानसी जोशी, पूनम राउत, मोना, अरुन्धती रेड्डी, राजेश्वरी गायकवाड, तान्या भाटिया, र पूजा रहेका छन् । उनीहरुले वार्षीक १० लाख रुपैयाँ पाउने छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया