सीडीओलाई कमजोर पार्न प्रदेश २ सरकार आफ्नै प्रशासनिक अधिकारी राख्ने तयारीमा

 फागुन २४, २०७५ शुक्रबार १३:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफ्नै मातहतमा राखी सर्वशक्तिमान बनाउने तयारी गरीरहेको बेला प्रदेश– २ को सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी सुरु गरेको छ ।

मन्त्री परिषदको बिहीबार सम्पन्न बैठकले प्रदेश प्रशासनसम्बन्धी विधेयक सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । यो विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालनसमेत गर्ने गरी आठवटै जिल्लामा आफ्नै प्रशासनिक अधिकारी राख्ने बाटो खुला हुने छ ।

मन्त्री परिषदको बिहीबारको बैठकले प्रदेश प्रशासनसम्बन्धी ऐनका साथै प्रदेश वनसम्बन्धी ऐन, प्रदेश उद्योग सम्बन्धी ऐन, प्रदेश पर्यटन सम्बन्धी ऐनसमेतलाई सैद्धान्तिक सहमति दिएको मन्त्री परिषदको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Dinesh sah

    March 8, 2019, 1:40 p.m.

    ढिलो भएपनि संघियता लागु हुँदैछ , बधाई छ प्रदेश २ लाई /अनि बिस्तारै सबै प्रदेशमा लगाउनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया