पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपतिका चुनावी अभियानका प्रमुख पल म्यानाफर्टलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ । उनीमाथि दर्ता भएका दुई आपराधिक मुद्धामध्ये एउटाकाे सुनुवाइ गर्दै जेल सजाए तोकिएको हो ।
संघीय दण्ड संहिताले अपाराधको लागि म्यानाफर्टलाई १९ देखि २४ वर्षसम्म सजाय हुने भने पनि न्यायाधिसले यी संहिता यो मुद्धाके लागि बढी नै भएको बताएका छन् ।
म्यानाफोर्टमाथि बिहीबारको सुनुवाइ अनुसार उनी भर्जिनियामा आठपटक करछली र बैंकिङ अपराधमा मुछिएका थिए । अर्को हप्ता वाशिङटन डीसीमा उनको दोस्रो मुद्धामाथि सुनुवाइ गरिनेछ । जहाँ उनले थप दश वर्ष जति सजाय भुक्तानी गर्नुपर्ने हुनसक्ने बताइएको छ ।
यस मामिलाकाे जाँचपड्ताल गरिरहेका विशेष वकिल राेबर्ट मुलरले गरेका थिए । यसलाई अमेरिकी राष्ट्रपतिकाे चुनावमा रुसी हस्तक्षेमा जाेडिएकाे मामिलामा कसैलाई सुनाइएकाे सजायमध्येकै ठूलाे सजाय मानिएकाे छ