भोजपुरमा दुर्लभ वन्यजन्तुकाे छालासहित हतियार बरामद

 फागुन २४, २०७५ शुक्रबार १६:४:४५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – टेम्केमैयुङ्ग गाउँपालिकाबाट विभिन्न वन्यजन्तुको छाला, अंग र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ । 

गाउँपालिकाको वडा नम्बर–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरबाट हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको प्रहरीले शुक्रबार पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरेको छ ।

सुराकीको आधारमा प्रहरीले छापा मार्ने क्रममा भरुवा बन्दुक २ थान, रेड पान्डा (हाब्रे) को छाला १ थान, भालुको छाला र खुट्टाको पन्जा १÷१ थान, निगाले बाघको छाला १ थान, मृगको छाला १ थानसहित भरुवा बन्दुकमा प्रयोग हुने ब्यारेल २ थान र ४ सय ग्राम बारुद फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो ।

प्रहरी टोलीले भुजेलको २ वटा घरमा छापा मारेर वन्यजन्तुको छाला, अंग र हातहतियार फेला पारेको थियो । 

भुजेल भने केही समय अगाडि मात्र वैदेशिक रोजगारीमा गएको भन्ने बुझिएकोले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थेवेले बताउनुभयोे । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया