सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै हिजो भेटिएको दुईवटा सकेट बम आज नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
लिबाङमा रहेको नेपाली सेनाको खड्ग दल गणबाट गएको बम डिस्पोजल टोलीले आज दिउँसो ती बमलाई निष्क्रिय बनाएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । यता सदरमुकाम लिबाङमा नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक भेटिएको दुई वटा सकेट बम पनि सेनाले हिजो निष्क्रिय पारेको थियो ।
बम कसले र किन राखेको भन्नेबारे थाहा नभएता पनि विप्लव समूहले राखेको हुन सक्ने बताइएको छ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।