वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट

 फागुन २५, २०७५ शनिबार ६:५१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराइएको छ ।

शुक्रबार साँझ काठमाण्डौको बसुन्धारामा रहेको गुरुङको घरमा नचिनेका मानिसको समूहले बम विस्फोट गराएको हो । विस्फोटमा परि ५ जना घाइते भएका छन् । घटनामा काठमाण्डौ महानगरपालिका–३, का शैलेन्द्र खड्का, मिलन बस्नेत, ममता गौतम र दिवाकर गुरुङ घाइते भएका हुन् । अर्का एक जनाको नाम खुलेको छैन । 

उनीहरुको चिरायू अस्पतालमा उपचार भएको छ । हिजो बेलुका बम विस्फोटपछि लागेको आगो साढे ८ बजेतिर स्थानीय बासिन्दा र दुईवटा दमकलको सहायतामा नियन्त्रणमा आएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 

विस्फोटबाट बा १० च ६७८९ नम्बरको गाडी जलेर नष्ट भएको छ भने घरका सिसा, ढोका र सटरमा क्षति पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया