उडिनेसेलाई ४-१ ले हराउँदै सिरी एकाे शीर्ष स्थानमा युभेन्टसले १९ अंककाे अग्रता बनायाे

 फागुन २५, २०७५ शनिबार ६:५९:५८ | एजेन्सी
unn.prixa.net

किशोर खेलाडी मोइसे किनले दुई गोल गरेपछि उडिनेसेलाई ४-१ गोलअन्तरले हराउँदै युभेन्टसले इटलीयन सिरी एको शीर्ष स्थानमा १९ अंकको अग्रता बनाएको छ ।

११औं मिनेटमा एलेक्स सान्द्रोको क्रसलाई सदुपयोग गरेका थिए भने ३९औं मिनेटमा दोस्रो गोल गर्दा बक्सभित्र उत्कृष्ट फिनिसिङ गरेका थिए ।  ६७औं मिनेटमा पाएको पेनाल्टीमा एम्रे कानले गोल गरे । त्यसको चार मिनेटपछि ब्लाइस माटुइडीले युभेन्टसका लागि चौथो गोल गरे । खेलको अन्तिम समयमा केभिन लासाग्नाले उडिनेसेका लागि सान्त्वना गोल फर्काएका थिए ।

कोपा इटालियाको उपाधि जितिसकेका १९ वर्षीय किनको यो सिरी एमा सातौं गोल हो । उनी गाल सिजन भेरोनाबााट लोनमा युभेन्टस आएका हुन् । सन् २०११ यता युभेन्टसले लगातार सात पटक सिरी एको उपाधि जितिसकेको छ । १९ अंक पछि रहेको दोस्रो स्थानको नापोलीले आइतबार सासुओलोसँग खेल्दैछ । उडिनेसे २५ अंकसहित लिगको १५औं स्थानमा छ ।

क्रिष्टियानो रोनाल्डोलाई यस खेलमा आराम दिइएको थियो । मंगलबार च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेग अन्तर्गत युभेन्टसले एट्लेटिको मड्रिडसँग खेल्दैछ । पहिलो लेग युभेन्टस २-० ले पराजित भएको थियो । घरेलु मैदानमा किनले पहिलो हाफमा दुई गोल गरेका थिए ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया