वेष्ट इन्डिजविरुद्धकाे टी-२० क्रिकेटमा इंग्ल्याण्डकाे कीर्तिमानी जित

 फागुन २५, २०७५ शनिबार ७:११:४२ | एजेन्सी
unn.prixa.net

दोस्रो खेलमा १ सय ३७ रनको कीर्तिमानी जित हासिल गरेसँगै इंग्ल्याण्डले वेष्ट इण्डिजविरुद्ध ३ टी-२० खेलको सिरिज एक खेल अगावै जितेको छ ।

सेन्ट किट्स रंगशालामा १ सय ८३ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिज ४५ रनमै समेटियो । टी-२० क्रिकेटमा यो इंग्ल्याण्डको सबैभन्दा ठूलो अन्तरको जित हो भने समग्रमा चौथो ठूलो अन्तरको जित हो ।

क्रिश जोर्डनले ६ रन खर्चेर ४ विकेट लिएपछि वेष्ट इण्डिजको इनिङ धराशायी बन्यो । २ ओभरमा ६ रन खर्चेर ४ विकेट लिएका जोर्डन टी-२० मा इंग्ल्याण्डका सबैभन्दा किफायती बलर बनेका छन् ।

वेष्ट इण्डिजलाई ११.५ ओभरमै समेट्ने क्रममा डेभिड विली, अदिल रासिद र लियाम प्लंकेटले पनि २-२ विकेट लिए ।

यसअघि साम बिलिङ्सले करिअरकै उत्कृष्ट इनिङ खेल्दै ८७ र जोय रुटले ५५ रन बनाएपछि इंग्ल्याण्डले ६ विकेटकोे क्षतिमा १ सय ८२ रनको योगफल खडा गरेको थियो । ३२-४ को कठिन स्थितिबाट बिलिङ्स र रुटले इनिङ उकासेका थिए ।

टी-२० क्रिकेटमा सबैभन्दा कम रनको योगफल बनाउने कीर्तिमान नेदरल्याण्ड्सको नाममा छ । सन् २०१४ को विश्वकपमा श्रीलंकाबिरुद्ध नेदरल्याण्ड ३९ रनमै समेटिएको थियो ।

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया