पोखराको ‘क्लब ९९’ मा आगलागी

 फागुन २५, २०७५ शनिबार ८:३८:५१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराको हल्लनचोकमा रहेको क्लब ९९ मा आगलागी भएको छ ।  शुक्रबार राति ९ बजेतिर आगलागी भएको हो ।

प्रहरीका अनुसार क्लब ९९ को तल्लो तल्लामा रहेको बर्गर क्याफेमा सिलिण्डर पड्किएपछि फैलिएको आगोे क्लब ९९ सम्म फैलिएको हो ।

आगलागी भएको झण्डै २ घण्टापछि मात्रै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय नागरिकसहितको टोलीले दुईवटा दमकल र खानेपानीको ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका थियो ।

आगलागीबाट लाखौको क्षति भएको प्रहरीको अनुमान छ । क्लबमा रहेको सामानहरु जलेर नष्ट भएका छन् भने आसपासका अन्य पसलमा क्षति पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया