आईएसमा सहभागी हुन बेलायतबाट सिरिया आएकी शमिमाकाे शिशुकाे ज्यान गयाे

 फागुन २५, २०७५ शनिबार १२:४०:४८ | एजेन्सी
unn.prixa.net

विद्रोही संगठन इस्लामिक स्टेट (आईएस) मा सामेल हुनका लागि लण्डन छोडेकी शमिमा बेगमको शिशुको ज्यान गएको छ । १९ वर्षकी किशोरी शमिमा बेगमले झण्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् ।

जेर्राहको निमोनियाका कारण ज्यान गएको सिरियन डेमोक्रेटिक फोर्सका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीसीले जनाएको छ । बेलायती सरकारका प्रवक्ताले शिशुको निधनले दुखित तथा विचलित पारेको बताएका छन् ।

शमिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो ।

उनी बेलायत फर्कन चाहे पनि  बेलायतले उनको नागरिकता रोकेको छ ।  

बेलायतबाट भागेर आईएस लडाकू बनेकी गर्भवती किशोरी घर फर्किन चाहन्छिन् !

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया