नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
डाेटी – चेम्बर अफ कमर्सले डोटी दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा ५ लाख रुपैयाँ भन्दा बढीको टिकट बिक्री भएकाे छ ।
यही फागुन १७ गते बाट सुरु भएको महोत्सवमा शनिबार मात्र पाँच लाख रुपैयाँको टिकट बिक्री भएको हो ।
महोत्सवस्थल नै दर्शकले भरिएपछि आयोजकले केही समयका लागि टिकट बिक्रिमा समेत रोक लगाएको थियो । महोत्सवको आकर्षणका रुपमा गायक रमेशराज भट्टराईलाई हेर्न हजारौँ दर्शकहरु महोत्सवस्थल सम्म पुगेका थिए । भट्टराईको ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ भन्ने बोलको गीतले दर्शकहरुलाई झुमाएको थियो ।
त्यस्तै हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को पनि विशेष प्रस्तुति रहेको थियो । महोत्सव आयोजक सँस्थाका अनुसार ८ दिनको अवधिमा करिब रु १५ लाखको टिकट बिक्रि भइसकेको थियाे ।
महोत्सवमा आयोजकले सञ्चालन गरेको नि:शुल्क आँखा तथा स्वास्थ्य शिविरबाट अहिलेसम्म ५ सयभन्दा बढी आँखाका बिरामीहरुले सेवा लिएको र ३० भन्दा बढी बिरामीहरुको सल्यक्रियाका लागि जिल्ला बाहिर सिफारिस गरिएको छ ।
त्यस्तै धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदान निर्माणका लागि करिब १३ हजार रुपैयाँ समेत संकलन भएको चेम्बर अफ कमर्शका कार्यालय प्रमुख गौतम रोकायाले जानकारी दिनुभयो ।
गएकाे फागुन १७ गतेबाट सुरु भएको महोत्सव फागुन २७ गते सम्म सञ्चालन हुने बताइएकाे छ ।