सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
पाकिस्तान सुपरलिग क्रिकेट पीएसएलमा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
लाहोरका कप्तान फखर जमानले टस जितेपछि इस्लामावाद यूनाइटेडविरुद्ध पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । जारी प्रतियोगितामा इस्लामावाद तेस्रो तथा लाहोर पाँचौ स्थानमा रहेका छन् ।
अन्तिम चारमा स्थान सुरक्षित गर्न लाहोरलाई आज जित्नै पर्ने दबाब रहेको छ । इस्लामावदको आजको खेल अन्तिम खेल हो भने लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्नेछ ।