स्कूटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

 फागुन २५, २०७५ शनिबार २०:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सूर्यविनायक नगरपालिका-६, घलाते चोकमा शनिबार भएको स्कूटर दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । 

कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा. ९५ प. ३३१८ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत शुसिलकुमार पाण्डेले जानकारी दिनुभयो । 

स्कुटरको पछाडि बसेका रामेछाप सुनपती–४, घर भइ हाल पाण्डुबजार बस्ने २३ वर्षीय पासाङ तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया