इंग्लिस प्रिमियर लिग: क्रिष्टल प्यालेसलाई ब्राइटनले दुई एकले हरायाे

 फागुन २५, २०७५ शनिबार २०:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन विजयी भएको छ ।

शनिबार राति भएको खेलमा ब्राइटनले क्रिष्टल प्यालेसमाथि २–१ को जित निकालेको हो । जितसँगै ब्राइटन ३३ अंकसहित चौधौं स्थानमा उक्लिएको छ भने समान ३३ अंक भएको क्रिष्टल प्यालेस गोल अन्तरका आधारमा तेह्रौं स्थानमा छ ।

२० औं मिनेटमा ब्राइटनका लागि ग्लेन मुर्रेले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको क्रिष्टलले दोस्रो हाफको शुरुमै बराबरी गोल गरेको थियो । ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बराबरी गरेको हो । क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डलाई ब्राइटनका डेभी प्रोपरले डी बक्समा लडाएपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीलाई लुका मिलिभोजिकले गोल गर्दै एक एकको बराबरीमा ल्याएका थिए । ७३ औं मिनेटमा ब्राइटनका एन्थोनी नकरेटले गोल गर्दै २–१ को अवस्थामा लगेका थिए । त्यसपछि बाँकी समय गोल नभएपछि ब्राइटनले स्पष्ट तीन अंक लिन सफल भयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया