बायर्न म्युनिखकाे आधा दर्जन गाेल

 फागुन २६, २०७५ आइतबार ६:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुण्डेस लिगामा बार्यन म्युनिख विजयी भएको छ । बायर्न म्युनिकले उल्फ्सबर्गलाई ६–० ले हरायो ।घरेलु मैदानमा बायर्नले उल्फ्सबर्गलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

बार्यनको जितमा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे भने सेर्जी ग्नाब्री, थोमस मुलर, जोसुवा किम्मिच र जेम्स रोद्रिगेजले एक एक गोल गरे ।३४औं मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै लेवान्दोस्कीले बायर्नको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा चार गोल थप्यो । ५२औं मिनेटमा रोद्रिगेजले गोल गर्दा बायर्नको अग्रता ३–० को अग्रता दिलाए । ७६औं मिनेटमा मुलरले गोल गरे भने ८२औं मिनेटमा किम्मिचले गोल गरेपछि बार्यनले पाँच गोलको अग्रता दिलाए । ८५औं मिनेटमा लेवान्दोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले ६–० को जित दिलाए ।

जितसँगै बायर्न बुण्डेस लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले २५ खेलबाट ५७ अंक बनाएको छ । बायर्नले बोरुसिया डोर्टमण्लाई गोल अन्तरमा पछि पारेको छ । 

बुण्डेस लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डले स्टुर्टगार्टलाई ३–१ ले हरायो । पहिलो हाफ गोलरहित बनेको खेलको ६२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मार्को रियुसले गोल गर्दै डोर्टमण्डलाई अग्रता दिलाए ।

७१औं मिनेटमा केम्फले स्टुटगार्टका लागि गोल गरेपछि खेल बराबरीमा पुग्यो । ८४औं मिनेटमा पाको अल्कासरले गोल गर्दै डोर्टमण्डलाई फेरी अग्रता दिलाए । 

दोस्रो हाफको इन्ज्युरी समयमा क्रिष्टियन पुलिसिचले गोल गर्दै डोर्टमण्डलाई ३–१ को जित दिलाए ।डोर्टमण्डको पनि ५७ अंक पुगेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया