मेस्सीकाे पेनाल्टी गाेलमार्फत बार्सिलाेना ७ अ‌ंककाे अग्रता कायम राख्न सफल

 फागुन २६, २०७५ आइतबार ७:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

रायो भालेकानेविरुद्ध पछि परेको स्थितिलाई उल्टाउँदै लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गरेपछि स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले ७ अंकको अग्रता यथावत राख्न सफल भएको छ ।

रियल मड्रिडबाट लोनमा पुगेका राउल डी थोमसले २० यार्डबाट उत्कृष्ट गोल गरी नाउ क्याम्पमा रायो भालेकानोलाई २४औं मिनेटमा अप्रत्यासित अग्रता दिलाएका थिए । जेरार्ड पिकेले ३८औं मिनेटमा मेस्सीको पासमा हेडमार्फत शानदार गोल गर्दा पहिलो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउन सक्यो ।

दोस्रो हाफको सुरुमै मेस्सीले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । स्वारेजले ८३औं मिनेटमा इभान राकिटिचसँगको वान-टू-वान पासमा गोल गरी ३-१ को जित निश्चित गरे । मेस्सी ला लिगामा जारी सिजन सर्वाधिक गोलकर्ता हुन् । उनले २५ खेलमा २६ गोल गरेका छन् ।

१७ गोलसहित स्वारेज दोस्रो स्थानमा छन् ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडले शनिबारै भएको खेलमा लेगानेसविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको थियो । लगातार छैटौं हारसँगै रेलिगेसन जोनमा रहेको रायो भालेकानोबिरुद्ध बार्सिलोनाले कठिन संघर्ष गर्नुपरेको थियो ।

यता बार्सिलोना भने ला लिगामा गएको नोभेम्बर यता पछिल्लो १४ खेलदेखि अपराजित छ । त्यस्तै रायो भालेकानोलाई सन् २००२ यता लगातार जित्दै आएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया