२३ करोड रुपैयाँ फिर्ता

 फागुन २६, २०७५ आइतबार १२:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीबाट अनुदानवापतको झण्डै २३ करोड रुपैयाँ फिर्ता गराएको छ । अनुदान रकम लिएर पनि विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट झण्डै २३ करोड रकम फिर्ता भएको प्राधिकरणले जनाएको छ ।

घर बनाउँछु भनी अनुदानको पहिलो किस्ता लिएका तर घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता गरिएको अनुदान वितरण तथा पूर्वाधार इकाइका प्रमुख गणेशराज वस्तीले बताउनुभयो । घर बनाउन नचाहने, अर्को घर भएका, दोहोरो सूचीमा परेका लाभग्राहीले अनुदान रकम बुझाएका हुन् । 

प्राधिकरणले अनुदान लिएर घर नबनाउनेलाई अनुदान रकम फिर्ता गर्न सार्वजनिक सूचनामार्फत आग्रह गर्दै आएको छ । जानेर वा नजानी अनुदान लिएकाहरुको खोजी भइरहेको छ । घर पनि नबनाउने र रकम पनि फिर्ता नगर्नेलाई सरकारी सेवा रोक्नेसम्मको कारवाही गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया