गाउँपालिका अध्यक्ष शुक्लाद्वारा पार्टी परित्याग

 फागुन २६, २०७५ आइतबार १६:२४:२० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको सम्मरीमाई गाउँपालिका प्रमुख जीतेन्द्रनाथ शुक्ला ( बब्लु ) र प्रदेश सभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले पार्टी परित्याग गर्नुभएको छ ।

आइतबार आफ्नै निवास मर्चवारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख शुक्ला र उहाँकी श्रीमतीसमेत रहनु भएकी प्रदेश सभा सदस्य उम्मेद्वार पल्लवी शुक्लाले नेपाल कम्युनिष्ट पार्टी नेकपा छोडेको घोषणा गर्नुभएको हो ।

सयौंको संख्यामा रहेका आफ्ना कार्यकर्ता र समर्थकसहित पार्टी छोडेको बताएका शुक्लाले नेकपाको मर्चवारलाई हेर्ने दृष्टिकोण ठिक नभएको र पार्टीबाटै उपेक्षित हुनुपरेकाले नेकपा छोडेको बताउनुभयो ।

स्थानीय चुनावमा बिजयकुमार गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकबाट चुनाव जित्नुभएका शुक्ला प्रदेश सभाको चुनाव अगाडि तत्कालीन एमालेमा प्रवेश गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया