कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भारतमा लाेकसभा चुनावकाे घाेषणा भएकाे छ । चुनाव जम्मा ७ चरणमा सम्पन्न भएर मे २३ मा नतिजा प्रकाशन गरिने छ । आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, सिक्किम, ओडिशा र जम्मू-कश्मीरकाे विधानसभा चुनावकाे पनि दिन ताेकिन सक्नेछ । तर जम्मू कश्मीरकाे स्थितिकाे बारेमा भने अहिले केही पनि स्पष्ट छैन ।
जम्मू कश्मिरमा विधानसभाकाे चुनावबारे राज्य सरकार र गृह मन्त्रालयबाट यसबारे छलफल भएकाे बताइएकाे छ । अहिले त्यहाँ विधानसभाकाे चुनाव नहुने बताइएकाे छ ।
चार राज्यकाे विधानसभाकाे चुनाव लाेकसभा चुनावसँगै हुने बताइएकाे छ । यी चार राज्यमा ओडिशा, सिक्किम, अरुणाचल प्रदेश र आन्ध्र प्रदेश पर्दछन् ।
LS Polls:Phase1 in 91constituencies in 20states,Phase2 in 97constituencies in 13 states,Phase3 in 115constituencies in 14states,Phase4 in 71constituencies in 9 states,Phase5 in 51constituencies in 7states,Phase6 in 59constituencies in 7states&Phase7 in 59constituencies in 8states pic.twitter.com/bHUBg5pEVr
— ANI (@ANI) March 10, 2019
भारतकाे चुनाव आयाेगले पहिलाे चरणमा २० राज्यका ९१ लाेकसभा सिटकाे लागि ११ अप्रिलमा चुनाव हुने जनाएकाे छ । दाेस्राे चरणमा १३ राज्यका ९७ सिटकाे लागि १८ अप्रिलमा चुनाव हुनेछ । तेस्राे चरणमा १४ राज्यका १ सय १५ सिटकाे लागि २३ अप्रिलमा चुनाव हुनेछ ।
यस्तै चाैथाे चरणमा ९ राज्यका ७१ सिटकाे लागि २९ अप्रिलका दिन, पाँचाैँ चरणमा ७ राज्यकाे ५१ सिटकाे लागि ६ मे मा, छैटाैँ चरणमा ७ राज्यका ५९ सिटकाे लागि १२ मे र साताैँ चरणमा ८ राज्यका ५९ सिटकाे लागि १९ मे मा चुनाव हुनेछ ।
मुख्य चुनाव आयुक्त सुनिल अराेडाले बताए अनुसार लाेकसभा चुनावकाे मतगणना २३ मे का दिन गरिनेछ । निष्पक्ष चुनाव गर्नका लागि सबै आवश्यक बन्दाेबस्त गरिसकेकाे उनले बताएका छन् ।