स्वराजले बालबालिकालाई फलफूल बाँड्दै भने- माथि बाबा पनि खुशी हुनुभयाे हाेला

 फागुन २६, २०७५ आइतबार २०:११:५९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – स्व. रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको १२  औे  दिन आइतबार स्वर्गीय अधिकारीका कान्छा छोरा स्वराजले पोखरा–१७ बिरौटामा रहेको श्रमिक बालबालिका केन्द्रमा रहेका बालबालिकालाई ५ हजार रुपैयाँ सहयोग गरे । 

उमेरले उस्तै लाग्ने बालबालिकाहरुको अगाडि स्वराजको भूमिका फरक थियो । आफू जस्तै उमेर समूहका बालबालिका अगाडि राखिएको बाबाको तस्बिरमा दर्शन गर्नेबित्तिकै सबैलाई ‘नमस्कार म स्वराज’ भनिरहँदा स्वर्गीय अधिकारीले कुनै कार्यक्रममा गएर ‘सबैलाई मेरो नमस्कार छ’ भनेको याद दिलायो ।

बाबालाई निकै सम्झिएका स्वराजले बाबाले ‘सधै सहयोगी बन्नुपर्छ है’ भन्ने गर्नुहुन्थ्यो भनिरहँदा उपस्थित सबैलाई भावुक बनायो । 

स्वराजले पनि भावुक हुँदै ‘आज मैले सहयोग गर्दा माथि बाबा पनि खुशी हुनुभयो होला’ भनेपछि उपस्थित सबैको आँखामा रसाएका थिए । 

बाबाको आत्माले शान्ति पाओस् भनेर आफूले सहयोग गरेको उनले बताए । उनले आफ्नो भनाइ राखिसक्दा सँगै रहेका काका र फूपूको आँखा रसाइसकेको थियो । 
उनले नगदसँगै त्यहाँ रहेका बालबालिकालाई फलफूल पनि बाँडेका थिए ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया