एनआईसी एसिया बैंककाे शाखा अब सप्तरीको राजविराजमा पनि

 फागुन २६, २०७५ आइतबार २०:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी - एनआईसी एसिया बैंकले सप्तरीको राजविराजमा सञ्चालनमा ल्याएको राजविराज शाखाको नगर प्रमुख शम्भु प्रसाद यादवले आइतबार उद्घाटन गर्नुभयो ।

 शाखाको उद्घाटन गर्दै नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाे उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गर्नुभयो।

देशभरमा यस बैंकका २७७ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखारहित बैंकिङ्ग इकाई रहेको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकको दावी छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया