राष्ट्रसंघीय बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

 फागुन २६, २०७५ आइतबार २०:३९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । 

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका जानुभएको हो । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नुहुनेछ । यस्तै, साइडलाइन वार्तामा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसलगायत अन्य देशका सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया