भारतविरुद्धको चौथो एक दिवशीय खेलमा अष्ट्रेलियाको जित, अष्ट्रेलिया श्रृङ्खला बराबरीमा ल्याउन सफल

 फागुन २७, २०७५ सोमबार ७:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको चौथो एक दिवशीय खेलमा अष्ट्रेलिया विजयी भएको छ । भारतलाई चार विकेटले हराउँदै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खला २–२ को बराबरीमा ल्याउन सफल भएको छ ।

पहिलो दुई एक दिवशीयमा भारत विजयी भएको थियो भने तेस्रोमा अष्ट्रेलिया विजयी भएको थियो ।चन्डिगढमा भएको खेलमा भारतले दिएको ३५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे ।

ओपनर एरोन फिन्च डकआउट भएको खेलमा पिटर ह्याण्ड्सकमले ११७ रनको शतकीय योगदान दिए । उश्मान ख्वाजाले पनि ९१ रनको उत्कृष्ट इनिङ खेले भने एश्टन जेम्स टर्नरले ८४ रन जोडे ।

बलिङमा जस्प्रित बुम्राहल तीन विकेट लिए । टस जितेर ब्याटिङ रोजेको भारतले ५० ओभरमा नौ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले १४३ रनको शतकीय योगदान दिए । उनले ११५ बलमा १८ चौका र तीन छक्का प्रहार गरेका थिए । 

यस्तै रोहित शर्माले ९५ रन जोडे भने रिशब पन्तले ३६ रन बनाए । बलिङतर्फ प्याट कमिन्सले पाँच विकेट लिए भने जेई रिचार्डसनले तीन विकेट हात पारे । भारत र अष्ट्रेलियाबीचको निर्णायक एक दिवशीय खेल बुधबार दिल्लीमा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया