नयाँ प्रशिक्षक नियुक्तिपछि म्यानचेस्टर युनाइटेडको पहिलो हार

 फागुन २७, २०७५ सोमबार ७:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओले गुनर आएपछि पहिलो खेलमा हार ब्यहोरेको छ । 

आइतबार राति भएको खेलमा युनाइटेड आर्सनलसँग दुई शून्य गोलले पराजित भयो । आर्सनलको घरेलु मैदानमा भएको खेलको १२ औं मिनेटमा ग्रानीत झाकाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

 

त्यसअघि खेलको सुरुमा नै युनाइटेडका रोमेलु लुकाकुले प्रहार बारमा लागेर फर्किएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले ६९ औं मिनेटमा दोस्रो गोल गर्‍यो । 

फ्रेडले एलेजान्द्रे लाकाजेटीलाई फल गरेपछि पाएको पेनाल्टीलाई पिएरीले गोलमा परिणत गरे । त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र गुनर प्रशिक्षकका रुपमा आएपछि पहिलो हार ब्यहोर्न बाध्य भए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया