बाली बीमातर्फ बढेन किसानको आकर्षण

 फागुन २७, २०७५ सोमबार १२:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – बैतडी जिल्लामा बाली बीमातर्फ किसानहरुको आकर्षण बढ्न सकेको छैन । जिल्लामा अहिलेसम्म २ जना किसानले मात्रै बाली बीमा गराएको तथ्यांक रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

बाली बीमा गराउने बीमा कम्पनीको सहज रुपले पहुँच नहुनु, बाली बीमाका बारेमा किसानहरुलाई आवश्यक जानकारी नहुनुलगायतका विभिन्न कारणहरुले बालीबीमा गर्ने किसानको संख्या बढ्न नसकेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

यदी किसानहरुले बाली बीमा गरेमा ५ प्रतिशतमात्रै बीमांक रकम तिर्नुपर्ने र ९५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था रहेको चन्दले जानकारी दिनुभयो । कुनै बालीनालीमा क्षति पुगेमा किसानहरुले ९० प्रतिशत क्षतिपूर्ति पाउने व्यवस्थासमेत रहेको चन्दले बताउनुभयो । 

तर बालीबीमाले क्षतिपूर्ति पाइने भए पनि यसतर्फ किसानहरुको आकर्षण भने बढ्न सकेको छैन । बाली बीमाका बारेमा आवश्यक जानकारी नभएकै कारण किसानहरुको यसमा चासो नबढेको अगुवा किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । किसानहरुलाई बाली बीमाले हुने फाइदाका बारेमा जानकारी नै नभएको उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया