बेहुला रक्सी पिएर मण्डपमा आएपछि बेहुलीले गरिन् बिहे अस्वीकार !

 फागुन २७, २०७५ सोमबार १७:६:३९ | एजेन्सी
unn.prixa.net

भारतको बिहार राज्यको छपरामा रक्सी पिएर बेहुलाले मण्डपमा होहल्ला गर्न खोज्दा बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छिन् ।

बेहुला रक्सी पिएर मण्डपमा आए र सबैसँग असामान्य व्यवहार गर्न थालेपछि बेहुली रिंकी कुमारीले विवाह गर्न अस्वीकार गरेकी हुन् ।

बेहुला बिहेका अन्य संस्कार पनि ठिकसँग गर्न सकिरहेका थिएनन् । बेहुलीले सुरुमै शंका गरे पनि उनी सहेर बसेकी थिइन् तर पछि बेहुला झनै बढी मात्तिन थालेपछि उनी मण्डपबाट उठेर बाहिर आइन् ।

बेहुला नशामा यतिसम्म डुबेको थियो किउ राम्रोसँग उभिन पनि सकिरहेको थिएन । बेहुलाकाे यस्ताे अवस्था देखेपछि बेहुली र उनका परिवारले बिहे नगर्ने निर्णय गरे ।त्यसपछि बेहुलाले विवाह नगरिकनै खाली हात घर जानुपरेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • Reeta

    March 12, 2019, 5:18 a.m.

    Very well done girl.

  •  0 Reply

तपाईको प्रतिक्रिया