पीएसएल : अन्तिम खेलमा लाहाेर कलन्दर्स मुल्तान सुल्तान्ससँग ७ विकेटले हार्‍यो

 फागुन २७, २०७५ सोमबार २०:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको छ ।

प्रतियोगितबाट दुवै टिम बाहिरिसकेकाले आजको खेल औपचारिकता मात्र थियो । तर दुवै टिम सुखद्अन्त्य गर्ने तयारीमा रहे पनि सन्दीपको टिमले त्यो अवसर पाएन । पहिला ब्याटिङ गर्दै लाहोरले ८ विकेट गुमाएर १४० रन बनाएको थियो । 

लाहोरका लागि फकार जमामले ५३ रन बनाउँदा डेभिड वाइजले ३० रनको योगदान दिए । एस्ले गुणारत्नेले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुल्तानका लागि मोहमद अब्बासले ३ तथा शाहिद अफ्रिदीले २ विकेट हात पारे ।

१४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाएर विजयी भयो । मुल्तानलाई जित दिलाउन सान महसुदले सर्वाधिक ४८ रन बनाए । जोनशन  चार्लिज ४१ तथा शाहिद अफ्रिदी २ रनमा नट आउट रहे ।

सन्दीपले अन्तिम खेलमा पनि पुरै स्पेल बलिङ गर्न पाएनन् । आज उनले २ ओभर बलिङ गर्दै २७ रन खर्चिए पनि विकेटविहीन बने । पहिलो ओभरमा ९ रन खर्चिएका उनले दोस्रो ओभरमा १८ रन दिए ।

सुरुवाति तीन खेल गुमाएका सन्दीप जारी लिगमा सातौं खेल खेलेका सन्दीपले समग्रमा ११ विकेट हात पारे ।

प्रतियाेगितामा १० खेलमध्ये तीन खेलमा जित हात पारेकाे लाहाेर कलन्दर्स अंकतालिकाकाे पुछारमा रह्याे ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया