रियल मड्रिडको प्रशिक्षकमा जिदान आउने पक्का !

 फागुन २७, २०७५ सोमबार २३:१०:५९ | एजेन्सी
unn.prixa.net

स्पेनिस जायन्ट रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकको जिम्मेवारी दिने भएको छ । फुटबल विश्लेषक गुइलेम बालागुएका अनुसार फ्रेन्च प्रशिक्षक जिदान वर्तमान प्रशिक्षक सान्टियागो सोलारीको स्थानमा पुनः आउने पक्का भएको छ ।

१० महिनाअघि जिदानले रियल मड्रिड छोडेका थिए । उनको स्थानमा जुलेन लोपेटेगीलाई नियुक्त गरेको रियलले उनीबाट राम्रो प्रदर्शन पाउन सकेन । लापेटेगीलाई पनि बर्खास्त गरेर रियलले सान्टियागो सोलारीलाई प्रशिक्षणको जिम्मा दिएको थियो ।

सोलारीको प्रशिक्षणमा पनि रियलको प्रदर्शन सुध्रिन नसकेपछि अन्ततः रियलले जिदानलाई नै फेरि सान्टियागो बर्नाबाउ बोलाउने निर्णय गरेको थियो ।

रियल मड्रिडलाई तीनवटा च्याम्पियन्स लिगको उपाधि जिताएर गत मेमा जिदान क्लबबाट अलग्गिएका थिए । अहिले रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया