बालिका बलात्कारको आरोपमा युवक पक्राउ

 फागुन २८, २०७५ मंगलबार ८:४२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका – १९ बस्ने २१ बर्षीय सन्तोष घर्ती मगर पक्राउ परेका हुन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने पीडित बालिकाको दाजुले दिएको जाहेरीको आधारमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका घर्तीलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया