प्रधानमन्त्री ओलीले राष्ट्रवादको आवरणमा राष्ट्रघात गरिरहेका छन् : नेता पौडेल

 फागुन २८, २०७५ मंगलबार १२:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको कुनै भूभागका विषयमा हुने जनमत संग्रहलाई कांग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पृथककतवादी विचारलाई सरकारले नै मान्यता दिँदै राष्ट्रियतामाथि प्रहार गरेको आरोप लगाउनु भयो ।

अखण्ड नेपालकाविरुद्ध कहीँ कतैबाट कुनै प्रयास मात्रै भए त्यसको कांग्रेसले शसक्त प्रतिरोध गर्ने बताउनु भयो । सिके राउतसँग भएको सम्झौताको व्यहोरा एउटा र प्रधानमन्त्रीको सम्बोधन अर्कै भएकाले आशंका बढेको भन्दै सम्झौताको विषयलाई संसदमा स्पष्ट पार्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री केपी ओली राष्ट्रवादको आवरणमा राष्ट्रघात गरिरहेको वरिष्ठ नेता पौडेलले बताउनु भयो । अदालतको फैसला र अख्तियारको छानबिनलाई प्रधानमन्त्री ओलीले प्रभावित बनाउन खोजिरहेको भन्दै उहाँले वाइडबडी प्रकरणमा स्व. रवीन्द्र अधिकारी निर्दोष छन् भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भन्ने नेता पौडेलले प्रश्न गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो ‘रातो झण्डा ओढे सबै खत माफी हुने भन्दै सरकारले दण्डहिनतालाई प्रश्रय दिइरहेको छ ।’

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया