महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हाफमै भुटानविरुद्ध नेपालको २ गोल

 फागुन २८, २०७५ मंगलबार १५:५५:१६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरमा पहिलो पटक भव्य कार्यक्रमको आयोजना गरी महिला साफ च्याम्पियनसिपको उद्घाटन गरिएको छ ।  

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले  साफ च्याम्पियनसिपको उद्घाटन गर्दै खेलको माध्यमबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको लागि नयाँ सन्देश दिने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबीच सुरु भएको छ । पहिलो हाफमै नेपालले भुटानविरुद्ध २–० को अग्रता बनाएको छ । 

खेलको पहिलो मिनेटमा नेपालले भुटानको पोस्टमा आक्रमण गरेको थियो । सावित्रा भण्डारीले पाएको मौकालाई भुटानकी गोलकिपरले बचाइन् । खेलको १३ औं मिनेटमा नेपालले खेलमा अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी यौञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन।

त्यसपछि १६ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरिन । उनको यो २३ औं अन्तराष्ट्रिय गोल हो ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया