प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
मोरङ – विराटनगरमा पहिलो पटक भव्य कार्यक्रमको आयोजना गरी महिला साफ च्याम्पियनसिपको उद्घाटन गरिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको उद्घाटन गर्दै खेलको माध्यमबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको लागि नयाँ सन्देश दिने बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबीच सुरु भएको छ । पहिलो हाफमै नेपालले भुटानविरुद्ध २–० को अग्रता बनाएको छ ।
खेलको पहिलो मिनेटमा नेपालले भुटानको पोस्टमा आक्रमण गरेको थियो । सावित्रा भण्डारीले पाएको मौकालाई भुटानकी गोलकिपरले बचाइन् । खेलको १३ औं मिनेटमा नेपालले खेलमा अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी यौञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन।
त्यसपछि १६ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरिन । उनको यो २३ औं अन्तराष्ट्रिय गोल हो ।